सिन्धुपाल्चोक , २८ पुस ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस चुनावमा जान समेत तयार रहेको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४, पलातीँमा आयोजित कोमलमाया-खड्गबहादुर बस्नेत स्मृति खेलकुद प्रतियोगितामा सभापति देउवाले मंगलबार सो कुरा बताएका हुन् ।
सभापति देउवाले काँग्रेस अदालतमा विचाराधीन विषयमा कुनै दवाव नदिने निर्णयमा भएको बताए । अदालतले संसद पुनःस्थापन गरेमा सँसदमा जान तयार रहेको र निर्वाचन हुने भएमा त्यसको लागि समेत तयार भएको बताए । काँग्रेस प्रजातान्त्रिक पार्टी भएकोले अदालतको निर्णयलाई स्विकार गर्ने बताए । सडकबाट निर्णय गर्ने भए अदालतको आवश्यकता नहुने भएकोले अदालतको निर्णय कुर्नु नै आजको आवश्यकता भएको उनले बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय खेलकुद विभागका अध्यक्ष मोहनबहादुर बस्नेतको मातापिता कोमलमाया एवं खड्गबहादुर को स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा मेलम्ची नगरपालिकालाई १-० गोलअन्तरले पछाडि पार्दै सुनकोसी गाँउपालिकाले जित निकालेको थियो । प्रतियोगितामा प्रथम हुनेले नगद रू १,११,१११ र दोस्रो हुनेले ५५,५५५ सहित ट्रफि र मेडल हात पारेका छन् । कार्यक्रममा अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर लगाएत खेलाडीहरुलाइ नगदसहित सम्मान समेत गरिएको थियो ।
सो प्रतियोगिताको सम्पुर्ण खर्च करिब ८ लाख आफ्नो परिवारले नै खर्च गरेको मोहनबहादुर बस्नेतले बताए । कोरोनाका कारण खेलकुदको गतिविधिमा कमि आएपछि आफुले यो कार्यक्रम आयोजना गरेको उनले बताए ।
ईन्फो पालिका प्रा..ली. द्धारा प्रकाशित
काठमाण्डौ, नेपाल
समाचार सम्पर्क ९८...............
विज्ञापनको लागि ९८...........
सम्पादक : | पुरण राई | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |