खाडीचौर, २३ पुस ।
ओली पक्षको नेकपा सिन्धुपाल्चोक संयोजकमा बालकृष्ण देउजा र चयनसहसंयोजक भने चन्द्र धिमालकोटी भएका छन् ।
बिहीबार खाडीचौरमा भएको ओली पक्ष नेकपाको अगुवा कार्यकर्ता भेलाले नेकपा जिल्ला अध्यक्ष रहेका झम्क नेपाललाई हटाई बालकृष्ण देउजालाई संयोजक बनाएको हो । नेकपा सिन्धुपाल्चोक ओली निकट नेकपाले दाहाल नेपाल पक्षयी जिल्ला अध्यक्ष नेपाललाई हटाएको हो ।
भेलाले साविकको १ सय ४५ जिल्ला सदस्य मा १ सय जना नयाँ सदस्य थप गर्दै २ सय ४५ जिल्ला अधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । भेलालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, प्रदेश सांसद सरेश नेपाललगायतले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघठन गरेसँगै फुटमा आएको नेकपाका दुबै पक्षले जिल्ला कमिटीमा रहेकालाई हटाउने र आफुईतरकालाई जिम्मेवारी दिने होड चलेको छ । यसअघि प्रचण्ड–नेपाल समूहको भेलाले ओली समूहमा गएका जिल्ला सचिव दावा तामाङसहित ५ जनालाई पदबाट हटाएको थियो । तामाङलाई हटाई प्रचण्ड–नेपाल समूहले गोविन्द पराजुलीलाई जिम्मेवारी सुम्पेको थियो ।
ईन्फो पालिका प्रा..ली. द्धारा प्रकाशित
काठमाण्डौ, नेपाल
समाचार सम्पर्क ९८...............
विज्ञापनको लागि ९८...........
सम्पादक : | पुरण राई | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |